मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिंसा र युद्धको माध्यमबाट आएका परिवर्तन अस्वीकार्य : ओली

3K
SHARES
हिंसा र युद्धको माध्यमबाट आएका परिवर्तन अस्वीकार्य : ओली

काठमान्डु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट आएका परिवर्तनहरू स्वीकार्य नहुने बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार हिंसाको जगमा बनेको भन्दै त्यसलाई आफूहरूले नस्वीकार्ने स्पष्ट पारे ।

समाज परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक मार्ग नै सही उपाय भएको उल्लेख गर्दै ओलीले जनताको मन जितेर पनि परिवर्तन सम्भव रहेको बताए । “हामी भन्छौं—हिंसा वा युद्ध परिवर्तनको साधन हुन सक्दैन, हुनु हुँदैन,” उनले भने ।

विविधता र बहुलतालाई समाजको साझा सम्पदा भन्दै ओलीले त्यसले दूरी बढाउने होइन, सहअस्तित्व र एकता बलियो बनाउने धारणा व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार ०९:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP