मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसीसी यू–१९ प्रिमियर कप: नेपाल सेमिफाइनलमा, अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शन

2.2K
SHARES
एसीसी यू–१९ प्रिमियर कप: नेपाल सेमिफाइनलमा, अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शन

काठमान्डु । कप्तान अशोक धामीको सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शनको बलमा नेपालले एसीसी मेन्स यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार सम्पन्न समूह म्याचमा नेपालले हङकङलाई ११९ रनको विशाल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि नेपालले पहिलो खेलमा साउदी अरबलाई ८ विकेटले हराएको थियो ।

नेपालले अब शनिबार हुने सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा युएई र ओमन भिड्नेछन् ।

२७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमै १५१ रनमा अलआउट भयो ।

नेपालका तर्फबाट अरजित पौडेलले ४ विकेट (२ मेडन, ३१ रन), अशोक धामीले ३ विकेट (२ मेडन, २९ रन), रोशन विश्वकर्मा, दयानन्द मन्डल, सुशिल रावलले १र१ विकेट लिए ।

हङकङका कप्तान शिव माथुरले बनाएको ३० रन सबैभन्दा धेरै थियो ।

यसअघि अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउन्ड–२ मा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाई २७० रन बनायो । अशोक धामीले ७३ रन (५१ बल, ३ चौका, ४ छक्का) दर्श सुनारले ४५ रन, दिलसान अलीले ३२ रन, सिवरिन श्रेष्ठले २५ रन, वंश क्षेत्रीले २४ रन, निरजकुमार यादवले २२ रन, रोशन विश्वकर्माले २१ रन र निश्चल क्षेत्रीले ३ रनको योगदा रह्यो ।

हङकङका अभिमन्यु गनेशन र डेनियल मापले २–२ विकेट लिए भने प्रित मंगुकिया र अफ्ताव हुसैनले १–१ विकेट हात पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP