मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा चितवनका रञ्जितको पाँच विकेट, विराटनगरको अपराजित यात्रा रोकियो

2.7K
SHARES
एनपीएलमा चितवनका रञ्जितको पाँच विकेट, विराटनगरको अपराजित यात्रा रोकियो

काठमान्डु । चितवन राइनोजका बलर रञ्जित कुमारको उत्कृष्ट प्रदर्शनका कारण विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो हार बेहोर्नु परेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्लेअफ सम्भावना बलियो बनाएको छ ।

चार खेलमध्ये तीनमा जित दर्ता गरेको विराटनगर यसअघि अपराजित रहँदै आएको थियो । तर चितवनसँगको प्रतिस्पर्धामा उनीहरूको ब्याटिङ लाइनअप ढलेपछि विजय श्रृङ्खला समाप्त भयो । सोसँगै विराटनगरले अब तीन जित र एक हारको नतिजासहित अंकतालिकामा आफ्नो यात्रा जारी राख्नेछ ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.५ ओभरमै १२६ रनमा समेटियो । टोलीका मार्चेन्ट डे लाङ्गेले ३९ रन बनाएर पारी सम्हाल्ने प्रयास गरे भने प्रतिश जिसी (३०) र साम हेजलेट (२२) ले योगदान दिए । तर बाँकी खेलाडीहरू दोहोरो अंकमै पुग्न नसक्दा टोली ठूलो अन्तरले पराजित हुन पुग्यो ।

चितवनका लागि रञ्जित कुमार खेलका हीरो बने । उनले दुई ओभरमा लगातार दुई(दुई विकेटसहित पाँच विकेट झारे र आफ्नो स्पेलमा जम्मा २१ रन मात्र खर्चिए । एनपीएलको यो सिजनमा एकै खेलमा पाँच विकेट लिने उनी पहिलो बलर बनेका छन् । कमलसिंह ऐरीले दुई विकेट लिए भने सोहेल तनविर र सैफ जैबले एक–एक विकेट हात पारे ।

पहिले ब्याटिङ गर्दै चितवनले पाँच विकेटको क्षतिमा १७४ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो । टोलीका रवि बोपाराले ३८ बलमा ६५ रन प्रहार गर्दै इन्निङ्स सेट गरे । उनले लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका हुन् । चार रनमा सन्दीप लामिछानेको बलमा क्याच छुटेपछि जीवनदान पाएका बोपाराले त्यसलाई राम्रोसँग प्रयोग गर्दै तीन चौका र चार छक्का हिर्काए ।

यस जितसँगै चितवन २ जित र १ हारसहित चार अंक बनाउँदै अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार १३:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP