मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा कर्णालीमाथि सुदुरपश्चिमको सहज जीत

1.9K
SHARES
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा कर्णालीमाथि सुदुरपश्चिमको सहज जीत

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोएल्सले उत्कृष्ट फर्मलाई जारी राख्दै कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ प्रदर्शन नै सुदूरपश्चिमको जितको मुख्य आधार बन्यो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको रोमाञ्चक डे–नाइट वेस्टर्न डर्बीमा सुदूरपश्चिमले सबै विभागमा सन्तुलित खेल प्रदर्शन गर्‍यो । १४० रनको सामान्य लक्ष्य लिएर मैदानमा ओरालिएको कर्णाली टोली सुरुवातमै दबाबमा पर्‍यो र अन्ततः १९.१ ओभरमै ९४ रनमा अलआउट भयो ।

कर्णालीका लागि पवन सर्राफले २७ रन र स्कटल्याण्डका मार्क वाटले १७ रन बनाए पनि टोलीले आवश्यक गतिमा रन जोड्न सकेन । २९ रनमै ४ विकेट गुमाएपछि कर्णाली संकटमा परेको थियो । त्यसपछि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै इनिङ बचाउने कोशिस गरे तर नियमित रुपमा विकेट खसिरहेपछि टोली कमजोर बन्यो ।

ऐरीको घातक बलिङ, हर्मीत र बोहराको सहयोग

कप्तान दीपेन्द्र सिंह ऐरीले आफ्नो ४ ओभरमा २३ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए । उनले मध्य ओभरमा दबाब बनाइ कर्णालीको रन गति थामिदिए । हर्मीत सिंह पनि निकै किफायती साबित भए । उनले ४ ओभरमा १ मेडन राख्दै १९ रनमा २ विकेट निकाले ।

त्यस्तै अविनाश बोहराले पनि प्रभावशाली स्पेल फाल्दै २ विकेट लिए । अनुभवी बलर स्कट कुगेलेइनले आफ्नो ४ ओभरमा केवल ९ रन खर्चेर १ विकेट लिँदै कर्णालीलाई रन बनाउनै नदिने वातावरण सिर्जना गरे । हेमन्त धामीले १ विकेट लिएर बलिङ विभागबाट योगदान पुर्‍याए ।

लिगमा सुदूरपश्चिमको बलियो स्थिति
यस जितसँगै सुदूरपश्चिम रोएल्सले एनपीएल दोस्रो संस्करणमा लगातार तेस्रो जित दर्ता गर्दै अंकतालिकामा आफूलाई अझ मजबुत बनाएको छ । बलिङ र फिल्डिङमा देखिएको तालमेलले टिमको आत्मविश्वास अझै बढाइदिएको छ ।

सुदूरपश्चिमको आगामी खेलमा पनि यिनै बलरले निरन्तरता दिने हो भने टोलीले प्लेअफ लक्ष्य सहजै नजिक पार्न सक्ने देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP