मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल–२: आज दुई महत्वपूर्ण खेल हुँदै

2.7K
SHARES
एनपीएल–२: आज दुई महत्वपूर्ण खेल हुँदै

काठमान्डु । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन् ।

बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स आमनेसामने हुनेछन् । त्यसपछि दिउँसो ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

हालसम्म दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स समान ४–४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमान्डु गुर्खाज २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले पनि समान २–२ अंक जोडिरहेका छन् । गत वर्षको विजेता जनकपुर बोल्ट्सले एक मात्र खेल खेलेको छ भने पोखरा एभेन्जर्सले दुई खेलमध्ये दुवैमा पराजय व्यहोरेर अहिले अंकविहीन छन् ।

सिजनभरका सबै खेल त्रिवि मैदानमै दिउँसो र रातिको सत्रमा भइरहेको क्यानले जानकारी दिएको छ । संघले प्रत्येक खेलका लागि ९,४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको यो प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।

यस संस्करणमा लिग चरण, तीन प्लेअफ खेल र फाइनल गरी जम्मा ३२ खेल छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार ०१:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP