मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विधेयक अघि बढाउन ढिलाइ र छेडखानी नगर्न प्रचण्डको आग्रह

2K
SHARES
विधेयक अघि बढाउन ढिलाइ र छेडखानी नगर्न प्रचण्डको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत गरिएका महत्त्वपूर्ण विधेयकहरू छिटो अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले समयमै ऐन, नियम र कानुन संशोधन नगर्दा समस्या देखिएको भन्दै प्रक्रियागत ढिलासुस्ती र राजनीतिक चलखेलको आलोचना गरे ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले विषयगत समितिबाट पारित भएर संसद्मा पेस हुने क्रममा अनेकौं बाधा अड्चन सिर्जना हुने गरेको उल्लेख गरे ।

‘समितिमा व्यापक छलफलपछि सर्वसम्मत या मतदानमार्फत पारित भएका विधेयकहरू संसद्को पूर्ण बैठकसम्म पुग्दासम्म अनावश्यक चलखेल हुन्छ,’ उनले भने, ‘महत्त्वपूर्ण विधेयकहरू असार १५ भित्रै पारित गर्नुपर्ने अवस्था छ । त्यसैले विधेयकको प्रक्रियामा ढिलाइ, हस्तक्षेप र छेडखानी नगरियोस् भन्ने आग्रह छ ।’

उनले समितिबाट पारित विधेयकलाई समयमा सदनमा टेबुल गर्न सरकारसँगै समितिका सभापतिले पनि तत्परता देखाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रचण्डले नेपालमा आवश्यक सुधार नहुँदा कानुनी प्रणालीले समयसापेक्षताको अभाव झेलिरहेको बताए । उनका अनुसार, पुराना संरचना र विचारमा अडिएका समूह र परिवर्तन पक्षधरहरूबीचको दृष्टिकोणीय द्वन्द्वले विधेयक निर्माणमा अवरोध सिर्जना गरिरहेको छ ।

‘एकथरी अझै पनि पुराना ऐन, कानुन, संस्कृति ठीक छन् भन्छन् भने अर्का समूह नयाँ युग अनुसार सुधार आवश्यक छ भन्छन्,’ उनले स्पष्ट पारे, ‘अब हामीले गणतन्त्रलाई सुदृढ बनाउने गरी कानुन निर्माणमा लाग्नुपर्छ ।’

प्रचण्डले राजनीतिक प्रणाली र त्यसको सञ्चालन शैलीले मुलुकको हरेक पक्षमा असर पार्ने भएकाले यस्ता विधेयक बनाउँदा गम्भीर सोच र जिम्मेवारीसाथ अघि बढ्नुपर्नेमा पनि जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार १०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP