मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यलुङ रि हिमालमा हिमपहिरो: तीन पर्वतारोहीको मृत्यु, आठ जना बेपत्ता

1.4K
SHARES
यलुङ रि हिमालमा हिमपहिरो: तीन पर्वतारोहीको मृत्यु, आठ जना बेपत्ता

काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको भीषण हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन् भने आठ जना अझै बेपत्ता छन् ।

घटनाको प्रारम्भिक विवरणअनुसार १५ जनाको पर्वतारोहण टोली सोमबार बिहान नाँ गाउँबाट यलुङ रि हिमाल आरोहणका लागि निस्किएको थियो । आरोहणको क्रममा बिहानै हिमपहिरो खस्दा टोलीका केही सदस्य त्यसको चपेटामा परेका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

डीएसपी महतोले भने, “घटनास्थल दुर्गम क्षेत्रमा भएकाले प्रहरी टोली अहिले त्यहाँ पुग्न सकेको छैन । मौसम प्रतिकूल र हिउँको जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।” उनका अनुसार नेपाली गाइडसहितको टोलीमा विदेशी पर्वतारोही पनि संलग्न थिए ।

यलुङ रि हिमाल रोल्वालिङ क्षेत्रको प्रख्यात आरोहण गन्तव्यमध्ये एक हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP