मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपामा जिम्मेवारी हेरफेर: १३ नेताको नयाँ भूमिका तोकियो

2K
SHARES
रास्वपामा जिम्मेवारी हेरफेर: १३ नेताको नयाँ भूमिका तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना १३ जना नेताको केन्द्रीय विभागीय जिम्मेवारी फेरबदल गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न विभागमा नयाँ कार्यविभाजन तोकेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

पार्टीका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख बनाइएको छ । त्यस्तै रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्यका रूपमा जिम्मेवारी दिइएको छ ।

सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख तोकिएको छ भने नारणारायण पौडेल, पार्वतीकुमार उपाध्याय र मिना सिग्देल केन्द्रीय शिक्षा विभागमा विभिन्न तहमा समावेश भएका छन् ।

त्यसैगरी भोजबहादुर श्रेष्ठलाई केन्द्रीय सांगठनिक विभागको उपप्रमुख, जानु पौडेल र बन्दनापाण्डेलाई केन्द्रीय महिला विभाग सदस्य, अञ्जन अधिकारीलाई प्रवास नेपाली समन्वय विभाग उपप्रमुख, सञ्जीव थापालाई केन्द्रीय शिक्षा विभाग सदस्य र जानन्द्र महत्तालाई विज्ञान, प्रविधि तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ ।

नीति विचार विभागमा प्रमिला कुमारी सिंहलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

रास्वपाका प्रवक्ता झाका अनुसार संगठन सुदृढीकरण र नेतृत्व क्षमता विस्तारका लागि जिम्मेवारीमा हेरफेर गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ११:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP