मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अवरोध हटाउन बञ्चरेडाँडामा मन्त्री घिसिङ

2.2K
SHARES
अवरोध हटाउन बञ्चरेडाँडामा मन्त्री घिसिङ

काठमाडौं । राजधानी काठमाडौंमा फोहोर व्यवस्थापन फेरि संकटमा परेको छ । स्थानीयको अवरोधका कारण पाँच दिनदेखि फोहोर संकलन रोकिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा पुगेका छन् । उनले स्थलगत अनुगमन गर्दै फोहोर व्यवस्थापनका समस्या समाधानका उपायबारे स्थानीयसँग छलफल सुरु गरेका छन् ।

काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय तहले दैनिक करिब १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन गर्ने गर्छन् । तर, फोहोर बञ्चरेडाँडामा फाल्न नपाएपछि राजधानीका सडक र गल्लीमा थुप्रिँदै गएको छ । तापक्रम बढेसँगै दुर्गन्ध र स्वास्थ्य समस्या समेत बढ्ने जोखिम देखिएको छ ।

मन्त्री घिसिङको टोलीले स्थानीय सरोकारवालासँग फोहोर व्यवस्थापनका चुनौती, क्षतिपूर्ति, र वातावरणीय प्रभावबारे छलफल गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । उनले स्थायी समाधानका लागि प्राविधिक र सामाजिक दुवै पक्षलाई सन्तुलनमा राख्दै कदम चालिने बताएका छन् ।

स्थानीयवासीले वर्षौंदेखि फोहोर व्यवस्थापनका क्रममा देखिएको दुर्गन्ध, धुलो, र सडक क्षतिलाई प्रमुख समस्या बताउँदै क्षतिपूर्ति र विकासका माग अघि सारेका छन् । माग पूरा नभएसम्म फोहोर बिसर्जनमा अवरोध जारी राख्ने उनीहरूको चेतावनी छ ।

फोहोर व्यवस्थापनका चुनौती लामो समयदेखि दोहोरिँदै आएको छ । सस्तो र अस्थायी उपायमा निर्भरता बढ्दा दीर्घकालीन समाधान सम्भव नभएको विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार पुनः प्रयोगयोग्य र पुनःउत्पादन योग्य फोहोरको वर्गीकरण र व्यवस्थापन प्रणालीलाई सुदृढ नगरेसम्म काठमाडौंको फोहोर समस्या दोहोरिँनै रहन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP