मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बोलावट

2.1K
SHARES
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बोलावट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संघीय सहकार्य र समन्वय बलियो बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपरान्ह ४ बजे बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री कार्कीले पछिल्ला राजनीतिक र प्रशासनिक परिवर्तित अवस्थालाई ध्यानमा राख्दै संघ र प्रदेश सरकारबीचको संवादलाई संस्थागत रूप दिने उद्देश्यले बैठक आह्वान गरेकी हुन् ।

बैठकमा संघीय प्रणालीको प्रभावकारी कार्यान्वयन, नीति समन्वय, विकास योजनाको प्राथमिकता र बजेट वितरण जस्ता विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा देशका सातै प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ । बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागिता रहनेछ ।

बैठकमा प्रदेश सरकारहरूलाई प्रदान गरिने अधिकार, नीति निर्माणमा सहकार्य र केन्द्र–प्रदेशबीचको दायित्व विभाजनबारे विस्तृत छलफल हुनेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकबाट संघीय साझेदारी र विकास योजनामा सहकार्य सुदृढ गर्ने ठोस नतिजा आउने अपेक्षा गरिएको छ ।
यस बैठकलाई संघीय शासन प्रणाली कार्यान्वयनको क्रममा केन्द्र र प्रदेशबीचको नयाँ समन्वयात्मक अभ्यासको सुरुवातका रूपमा हेरिएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १५, शनिबार १४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP