मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रवात ‘मोन्था’को प्रभाव कमजोर, केही प्रदेशमा अझै वर्षा र हिमपातको सम्भावना

1.7K
SHARES
चक्रवात ‘मोन्था’को प्रभाव कमजोर, केही प्रदेशमा अझै वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र त्यसको प्रभावले नेपालमा मौसम प्रभावित भए पनि गएरातिदेखि सो प्रभाव क्रमशः घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम छ ।

वर्तमान अवस्थामा कोशी प्रदेशमा पूर्ण बदली देखिएको छ भने बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोको पूर्वानुमानअनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा, साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १५, शनिबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP