मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली मौसम, कोशी–बागमतीमा भारी वर्षा र हिमपातको सम्भावना

1.6K
SHARES
देशभर बदली मौसम, कोशी–बागमतीमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशभर सामान्यतया बदली भएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा अधिकांश ठाउँमा आकाश बदली रहनेछ । तराई क्षेत्रमा पनि सामान्य बदली रहने अनुमान गरिएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति पनि अधिकांश पहाडी भूभागमा बादल रहनेछ भने तराईमा सामान्य बदली रहनेछ । राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने पूर्वानुमान छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने र एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना समेत भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP