मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेताको विलासी जीवनशैलीले माओवादी आन्दोलन कमजोर, समाजवादीसँगको एकता अहिले हानिकारक : सुदन किराती

2.2K
SHARES
नेताको विलासी जीवनशैलीले माओवादी आन्दोलन कमजोर, समाजवादीसँगको एकता अहिले हानिकारक : सुदन किराती

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलासी जीवनशैली र स्वार्थी प्रवृत्तिले माओवादी आन्दोलन संकटमा परेको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले जब नेताले मृत्यु र पैसाको प्रवाह नगरे, त्यसबेला पार्टी सबल बनेको उल्लेख गरे । तर, जीवनको लोभ, परिवार र धन–संपत्तिप्रतिको मोहले पार्टी क्रमशः कमजोर हुँदै गएको उनले बताए ।

“नेताले जीवनको लोभ गर्न थालेपछि, परिवार, पैसा र सुन–धनको पछाडि लागे । यही कारण पार्टी कमजोर हुँदै गयो । त्यसैले रामजस्ता नेताहरू रावण बन्ने खतरा छ”, किरातीले भने ।

उनले वर्तमान अवस्थामा पार्टीलाई यथास्थितिमा अघि बढाउन सकिँदैन भन्दै महाधिवेशनको तयारीलाई जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए । किरातीले निर्देशनात्मक समिति बनाउनुपर्ने सुझावसमेत प्रस्तुत गर्दै, माओवादीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने, स्थायी समितिको वरिष्ठ सदस्यलाई संयोजक तोक्नुपर्ने र आगामी महाधिवेशनसम्म पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने प्रस्ताव राखे ।

समाजवादीसँग एकता गर्न नहुने तर्क
किरातीले नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता गर्नु माओवादीका लागि हानिकारक हुने दाबी गरे । अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा एकता गर्ने निर्णय जनतासामु गलत सन्देश जाने उनको तर्क थियो ।

उनले भने, “समाजवादीसँग एकता अहिले हानिकारक हुन्छ । पहिले आफ्नै पार्टीभित्र आन्तरिक एकता मजबुत गरौँ, अनि कम्युनिस्ट एकताको बाटो खोजौँ । तर, भ्रष्टाचार मुद्दा लागेका व्यक्तिसँग तत्काल एकता गर्दा जनतामा जान सकिँदैन ।”

गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलाई भ्रष्टाचारविरोधी आन्दोलनको रूपमा व्याख्या गर्दै किरातीले त्यसैका बीचमा समाजवादीसँग एकता गर्ने कदमले माओवादीलाई जनतासँग बिचलित गराउने चेतावनी नेतृत्वलाई दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार १३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP