मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एआईजी केसीलाई सीआईबीको जिम्मेवारी

2.9K
SHARES
एआईजी केसीलाई सीआईबीको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व सुम्पिने निर्णय भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई सीआईबी प्रमुखका रूपमा सरुवा गर्ने निर्णय गरेको हो । उनी अब देशभरका गम्भीर आपराधिक अनुसन्धानहरूको नेतृत्व गर्ने जिम्मेवारीमा रहनेछन् ।

एआईजी केसीलाई प्रहरी संगठनभित्र एक कुशल अनुसन्धान अधिकृतको रूपमा चिनिन्छ । उनले पछिल्लो समय चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको नेतृत्व गर्दै अनुसन्धान गरेका थिए, जसमा उच्च राजनीतिक तहका व्यक्ति समेत मुछिएका थिए ।

त्यसका साथै, उनले ललिता निवास प्रकरणमा समेत गहिरो अनुसन्धान गरेका थिए । यही प्रकरणमा उनी नेतृत्वको टोलीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्नेसम्मको कदम चालेको थियो ।

केसीको सीआईबी प्रमुखमा सरुवासँगै अब संस्था भित्र थप प्रभावकारी अनुसन्धान र निष्पक्ष कार्यशैली कायम हुने अपेक्षा गरिएको छ । सीआईबीले आर्थिक अपराध, ठगी, भ्रष्टाचार, साइबर अपराध लगायतका जटिल मामिलामा अनुसन्धान गर्दै आएको छ ।

उनको नेतृत्वमा सीआईबीले अझ चुस्त र नतिजामूलक अनुसन्धान गर्न सक्ने प्रहरी संगठनभित्र र बाहिर दुवैतर्फबाट अपेक्षा गरिएको छ।

सरकारको यो निर्णयलाई अनुसन्धान क्षमतामा आधारित जिम्मेवारी सुम्पिएको सकारात्मक संकेतका रूपमा हेरिएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP