मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल प्रहरीमा ९० डीएसपी र ४८ एसपी एकसाथ सरुवा

5K
SHARES
नेपाल प्रहरीमा ९० डीएसपी र ४८ एसपी एकसाथ सरुवा

काठमाडौं । नेपाल प्रहरी संगठनमा व्यापक स्तरको सरुवा गरिएको छ । ‘जेनजी आन्दोलन’पछिको व्यवस्थापनस्वरूप ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकसाथ सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार काठमाडौं उपत्यकाका वृत्तहरूदेखि विभिन्न जिल्ला र कार्यालयहरूमा कार्यरत प्रहरी अधिकृतहरूलाई नयाँ जिम्मेवारी दिइएको छ । केही जिल्ला, इलाका र वृत्तका इन्चार्जहरू पनि फेरबदल गरिएका छन् ।

एसपी अंगुर जिसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाँके सरुवा गरिएको छ भने कविता कट्वाललाई मोरङ, केशवकुमार थेबेलाई सुनसरी,
गौतमकुमार केसीलाई सप्तरी, दीपेन्द्र श्रेष्ठलाई दाङ, दीपेन्द्र पंजियार थारुलाई पाल्पा नवीन कार्कीलाई कास्की पठाइएको छ ।

त्यस्तै नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाललाई डोटी, युवराज खड्कालाई पूर्वी नवलपरासी, सन्तोष आचार्यलाई कपिलवस्तु, सुदीपराज पाठकलाई पर्सा, सूर्यबहादुर खड्कालाई भक्तपुर र सुबासचन्द्र बोहरालाई मकवानपुरको जिम्मेवारी सुम्पिएको छ ।

यस सरुवाबाट धेरै जिल्लामा प्रहरी नेतृत्वमा नयाँ अनुहार देखिने भएका छन् । प्रहरी संगठनभित्रको व्यवस्थापन र कार्यक्षमता वृद्धिका लागि गरिएको यो सरुवा व्यापक मानिएको छ । अन्य कार्यालय अन्तर्गत कार्यरत थुप्रै एसपीहरूलाई पनि नयाँ जिम्मेवारी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP