मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनमत पार्टीभित्र असन्तुष्टि चुलियो, अध्यक्ष राउतलाई २४ घण्टे अल्टिमेटम

1K
SHARES
जनमत पार्टीभित्र असन्तुष्टि चुलियो, अध्यक्ष राउतलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । जेन–जी आन्दोलनको प्रताप जनमत पार्टीभित्र समेत देखिन थालेको छ । आन्तरिक असन्तुष्टि तीव्र बनेसँगै पार्टीका वरिष्ठ नेताहरूले अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ नेताहरूले सामूहिक पत्रमार्फत राउतलाई तत्काल पदत्याग गर्न आग्रह गरेका हुन् । पत्रमा पार्टीलाई लोकतान्त्रिक, जबाफदेही र जनउत्तरदायी बनाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको उल्लेख छ ।

नेताहरूको भनाइमा देशको राजनीतिक, सामाजिक र प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको माग उकालो चढिरहेको बेला जनमत पार्टीले पनि आत्ममूल्यांकन गर्दै नयाँ मार्ग रोज्नु जरुरी भएको छ । उनीहरूले राउतले मार्ग प्रशस्त नगरे पार्टी थप संकटतर्फ धकेलिने चेतावनी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार १२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP