मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अत्यावश्यक वस्तुको अभाव छैन : आपूर्ति मन्त्रालय

1.8K
SHARES
अत्यावश्यक वस्तुको अभाव छैन : आपूर्ति मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल असर नपरोस् भनी सबैलाई अत्यधिक सञ्चय नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन तथा आपूर्ति शृङ्खलामा अवरोध गर्नेहरूमाथि कडाइका साथ कारबाही गरिने जनाएको छ ।

आगामी दशैँ–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै देशभर १५३ स्थानबाट सहुलियत मूल्य पसलहरू सञ्चालन गरिएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजैदेखि सहुलियत मूल्य पसल सुरु गरिएको हो ।

यस्तै, हालै देशभर विभिन्न स्थानमा भएका तोडफोड, आगजनीजस्ता घटनाले आपूर्ति तथा व्यापार क्षेत्रमा पारेको असरबारे पनि मन्त्रालयले चिन्ता व्यक्त गर्दै आइतबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलमा सरकारी तथा निजी संरचनामा भएको क्षतिको एकीकृत विवरण संकलन गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्दै लगानी संरक्षण तथा प्रवर्द्धनमा सरकारको प्रतिवद्धता दोहोर्याइएको मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए। उनले क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि आवश्यक पहल गरिने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP