मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

2K
SHARES
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

संविधानको मर्म र राष्ट्रको आवश्यकता अनुसार राष्ट्रपतिले प्रयोग गर्न सक्ने संवैधानिक अधिकार अन्तर्गत कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने स्पष्ट म्यान्डेट दिइएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिको संवैधानिक अधिकार प्रयोग गर्दै, संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक देखिएकाले सहमति तथा सिफारिसको आधारमा श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको जानकारी गराइन्छ ।’

यो नियुक्तिले आगामी दिनमा निर्वाचनमार्फत स्थायी सरकार निर्माणतर्फको बाटो खोल्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP