मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन शपथ

1.9K
SHARES
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शितल निवासमा आयोजित विशेष समारोहमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनस् ।’

जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

शपथ समारोहमा मञ्चमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मात्र सहभागी थिए । संसद्का सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताहरू भने मञ्चमा अनुपस्थित रहे ।

दर्शकदीर्घाको अगाडिको पङ्क्तिमा प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

शपथपछि कार्कीले संविधानबमोजिम तयार गरिएको शपथपत्रमा हस्ताक्षर गरिन् । त्यसपछि उनका पति दुर्गा सुवेदी पनि मञ्चमा पुगेर कार्कीसँग फोटो खिचाउँदै समारोह सम्पन्न गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP