मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निषेधाज्ञाबीच उपत्यकामा बैंकहरू पुनः सञ्चालन, चार घण्टा खुला रहने

1.4K
SHARES
निषेधाज्ञाबीच उपत्यकामा बैंकहरू पुनः सञ्चालन, चार घण्टा खुला रहने

काठमाडौं । जेनजी आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका काठमाडौं उपत्यकाका बैंकहरू बिहीबारदेखि आंशिक रूपमा पुनः सञ्चालनमा आएका छन् । निषेधाज्ञा जारी रहेकै अवस्थामा बैंकर्स संघको निर्णयअनुसार बैंकहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

गत सोमबार आन्दोलन उग्र रूप लिएपछि विभिन्न स्थानका बैंकहरूमा आगजनी र लुटपाटका घटनाहरू भएको थियो । यद्यपि, संघले यी घटनाबाट नगन्य मात्र क्षति भएको निष्कर्ष निकाल्दै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

बैंकर्स संघले अधिकतम तीनवटा शाखासम्म सीमित राख्दै दैनिक चार घण्टा सेवा दिने अनुमति दिएको छ । संघको निर्देशनअनुसार बाणिज्य बैंकहरूले काठमाडौंका केही शाखाहरूबाट सेवा दिन थालेका छन् भने विकास बैंकहरू र अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आंशिक रूपमा सेवा सुचारु गरेका छन् ।

नागरिकहरूलाई अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बैंकर्स संघले जनाएको छ । स्थिति सामान्य भएसँगै सेवा क्रमशः विस्तारित गरिने तयारी गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP