मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन : देउवा

1.4K
SHARES
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन संविधानले कुनै रोक नलगाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संविधानमा यसबारे स्पष्ट प्रावधान नभएको भन्दै, ‘संविधानले पाइन्छ भनेको पनि छैन, पाइँदैन भनेको पनि छैन’ भन्ने टिप्पणी गरे ।

हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेसँग सक्रिय हुन खोजेकी थिइन्, तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा (माओवादी केन्द्र) को राजनीतिमा प्रवेश गरिसकेका छन् ।

संविधान संशोधनबारे सोधिएको प्रश्नमा देउवाले दुई—तिहाइ बहुमत आवश्यक पर्ने बताए । उनले यसबारे दलहरूसँग छलफल भइरहेको र आवश्यक सहमति जुटेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए ।

वर्तमान सरकारका मन्त्रीबारे देउवाले आफ्नो पार्टीले फिर्ता बोलाउने वा नयाँ पठाउने कुनै छलफल नगरेको स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP