मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल प्रहरीका नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

2.2K
SHARES
नेपाल प्रहरीका नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई औपचारिक रुपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिन्हसहितको फुली लगाइदिएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै उनले आजदेखि औपचारिक रुपमा प्रहरी संगठनको नेतृत्व सम्हालेका छन् ।

आईजीपी खापुङ लामो समयदेखि प्रहरी सेवामा रहेर विभिन्न जिम्मेवारी पूरा गर्दै आएका अधिकारी हुन् । उनका सहकर्मीहरूले उनलाई अनुशासित, कार्यकुशल र संगठनप्रति समर्पित प्रहरी अधिकारीका रूपमा वर्णन गर्ने गरेका छन् ।

यसअघि आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा गरेसँगै अनिवार्य अवकाशमा गएका थिए । सोही व्यवस्थाअनुसार खापुङ पनि दुई महिनाभित्रै अवकाश हुनेछन् । छोटो कार्यकाल भए पनि उनले संगठनलाई परिणाममुखी बनाउन केही ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।

प्रहरी संगठनभित्र अब नेतृत्व परिवर्तनसँगै नयाँ काम गर्ने शैली र प्राथमिकताहरूको खोजी हुने देखिएको छ । सुरक्षासम्बन्धी चुनौतीहरू बढ्दो क्रममा रहेका बेला आईजीपी खापुङले कसरी नेतृत्वदायी भूमिका निर्वाह गर्छन् भन्ने विषयमा चासो बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP