मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रूपन्देही उपनिर्वाचनमा माओवादी एक्लै लड्ने, अध्यक्ष प्रचण्डको निर्देशन

2.9K
SHARES
रूपन्देही उपनिर्वाचनमा माओवादी एक्लै लड्ने, अध्यक्ष प्रचण्डको निर्देशन

रूपन्देही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूपन्देही–३ को उपनिर्वाचनमा एक्लै उम्मेदवारी दिने बताएका छन् । आइतबार लुम्बिनी प्रदेश समितिको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई त्यसको तयारी थाल्न निर्देशन दिएका हुन् ।

प्रचण्डले हालसम्मका विभिन्न कार्यक्रममा नेपाली कांग्रेस र एमालेका नेताहरूले पनि माओवादीले ल्याएको परिवर्तनको रक्षा माओवादीकै जिम्मा हो भन्ने गरेको उल्लेख गर्दै, यस्तो ऐतिहासिक भूमिका आम जनतासमक्ष प्रस्ट्याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, “रूपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं । एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस् ।”

रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन तोकिएको छ । यसै सन्दर्भमा माओवादी केन्द्रले प्रतिस्पर्धामा एक्लै जाने निर्णय लिएको हो ।

प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसप्रति पनि टिप्पणी गर्दै त्यसलाई वर्गसंर्घषको स्वाभाविक प्रक्रिया बताएका छन् । “यस्ता बहसहरूबाट पार्टी अझ सशक्त बन्छ,” उनले बैठकमा स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP