मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीज्यू ! लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोलाः मेयर बालेन

1.8K
SHARES
प्रधानमन्त्रीज्यू ! लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोलाः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मेयर बालेनले भारत–चीनबीचको सहमतिअनुसार लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने निर्णयले नेपालको सार्वभौमिकता माथि अतिक्रमण भएको स्मरण गराएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्— “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।”

प्रधानमन्त्री ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै बालेनले थपेका छन्, “All the best, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।”

भारत र चीनले केही समयअघि नेपाललाई थाहा नदिई लिपुलेक त्रिदेशीय नाकाबाट पुन: व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । त्यसपछि पुन: लिपुलेकको विषय चर्चामा आएको हो ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान चीनतर्फ प्रस्थान गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP