मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन सातामै भंग भयो रेकर्ड, सुन प्रतितोला २ लाख नाघ्यो

1.5K
SHARES
तीन सातामै भंग भयो रेकर्ड, सुन प्रतितोला २ लाख नाघ्यो

काठमाडौं । नेपालमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार प्रतितोला सुन २ लाख ६ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्चतम मूल्य हो ।

अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेर सुन महँगिएको हो । यसअघि साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भई रेकर्ड बनेको थियो, तर तीन सातामै सो रेकर्ड भङ्ग भएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन २३५५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार ५ रुपैयाँ बढेर २३६० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य चाँदीको पनि हालसम्मकै उच्च हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP