मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झापा इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न, अब सर्वसाधारणका लागि दोस्रो चरण खुल्ने

1.7K
SHARES
झापा इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न, अब सर्वसाधारणका लागि दोस्रो चरण खुल्ने

काठमाडौं । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न गरेको छ ।

कम्पनीलाई कुल ३८ लाख एक हजार ९०० कित्ता सेयर निष्कासनको अनुमति थियो । यसमध्ये आयोजना प्रभावितका लागि तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता सेयर बिक्री गरिएको हो ।

आयोजना प्रभावित समूहका लागि आइपीओ साउन १४ देखि २८ गतेसम्म खुला गरिएको थियो भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन पाएका थिए ।

यस आइपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणको बाँडफाँड सकिएसँगै अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP