मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मैना सुनार हत्या मुद्दाः आज सर्वोच्चमा फैसला हुँदै

1.7K
SHARES
मैना सुनार हत्या मुद्दाः आज सर्वोच्चमा फैसला हुँदै

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी १५ वर्षीया मैना सुनारको हत्या मुद्दामा सर्वोच्च अदालतले आज (भदौ ८) निर्णय सुनाउँदैछ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजको मितिमा फैसला तोकिएको हो ।

जिल्ला अदालतको फैसलाः सेनाका तीन अधिकारीलाई जन्मकैद
२०७४ वैशाख ३ गते काभ्रे जिल्ला अदालतले मैनाको हत्यामा दोषी ठहर गर्दै तत्कालीन महासेनानी बबी खत्री र सहसेनानीहरू अमिल पुन तथा सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो । अदालतमा मुद्दा चल्दाखेरी उनीहरू फरार रहेका थिए ।

सर्वोच्चमा खारेजी माग
काभ्रेपलान्चोक जिल्ला अदालतको फैसलाविरुद्ध सेनाको प्राड विभागका तर्फबाट सहसेनानी सरोज रेग्मीले सजाय खारेजी माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही क्रममा २०८० भदौ ७ गते मैनाकी आमा देवी सुनारले पनि सेनाका तीन अधिकारीविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेकी थिइन् ।

द्वन्द्वकालीन अपराधमा कानुनी प्रक्रिया
घरमै रहेकी मैनालाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर ब्यारेकभित्र हत्या गरिएको भन्दै जिल्ला अदालतले दोषी अधिकारीहरूलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैदको फैसला सुनाएको थियो । अब सर्वोच्चको निर्णयले यो मुद्दाको नयाँ दिशानिर्देश तय गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP