मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक भदौ १३ गतेसम्म स्थगित, शिक्षा र भूमि विधेयकको प्रतिवेदन पेस

2.1K
SHARES
प्रतिनिधिसभा बैठक भदौ १३ गतेसम्म स्थगित, शिक्षा र भूमि विधेयकको प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभा बैठक आगामी भदौ १३ गते (शुक्रबार) बस्ने गरी स्थगित गरिएको छ । शुक्रबारको बैठकपछि सभामुख देवराज घिमिरेले अर्को बैठक तोकिएको मिति घोषणा गरेका हुन् ।

बैठकमा शिक्षा तथा भूमि सम्बन्धी दुई महत्वपूर्ण विधेयकका प्रतिवेदन पेस गरिएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ को प्रतिवेदन प्रस्तुत गरे । यो विधेयक पारित गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८०’ को प्रतिवेदन पेस गरिन् । यस विधेयकमाथि पनि नेकपा (माओवादी केन्द्र) र रास्वपाले असहमति जनाएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP