मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोल्पामा अरिङ्गालको टोकाइबाट एक विद्यार्थीको मृत्यु, पाँच घाइते

1.9K
SHARES
रोल्पामा अरिङ्गालको टोकाइबाट एक विद्यार्थीको मृत्यु, पाँच घाइते

रोल्पा । जिल्लाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीमा अरिङ्गालले टोकेपछि एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन् ।

अरिङ्गालले टोकेका ७ वर्षीय मोहन परियारको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा राति १ बजेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मोहनले उपचारकै क्रममा प्राण गुमाए ।

अरिङ्गालको टोकाइमा परेर १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ४ वर्षीय आशिष परियार र ८ वर्षीय कमल परियार घाइते भएका छन् ।

घाइते सबैलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मोहनसहित सबै विद्यार्थी त्रिवेणी गाउँपालिका–७ मा रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत थिए । विद्यालयबाट घर फर्किने क्रममा साँझ करिब साढे ४ बजेतिर तिलाको जंगल हुँदै जाँदा अरिङ्गालले टोकेको थियो ।

घाइते विद्यार्थीलाई राति नै जिल्ला अस्पताल पुर्‍याइएको भए पनि एक विद्यार्थीको भने ज्यान जोगाउन सकिएन ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP