मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आकस्मिक बाढीको सम्भावना : आगामी ३ दिन तटीय क्षेत्र सतर्क रहन सुझाब

1.5K
SHARES
आकस्मिक बाढीको सम्भावना : आगामी ३ दिन तटीय क्षेत्र सतर्क रहन सुझाब

काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणमा रहेकोले वर्षा केही कमजोर देखिए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिन थालेकाले बाढीजन्य जोखिम उल्लिखित छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायत पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा थोरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत सहायक नदीहरू र कन्काई, कमला, पूर्वी–पश्चिमी राप्ती तथा बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ ।

तर आगामी २४ घण्टामा ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुला लगायतका जिल्लाबाट बग्ने साना नदी–खोला प्रणालीमा बहाव तीव्रतापूर्वक बढ्ने र आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहने अनुमान गरिएको छ ।

त्यस्तै इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु, रसुवा, धादिङ, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली र कञ्चनपुर जिल्लाभित्र वहने खोलानालामा मध्यम तहको आकस्मिक बाढीको सम्भावना रहन सक्छ ।

तसर्थ नदी किनार आसपासका बस्ती, खेती तथा यात्रा गर्नेहरूले विशेष सतर्कता अपनाउन, वर्षा भइरहेको अवस्थामा खोला तर्ने वा आसपास क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP