मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको केन्द्रीय समिति बैठक आज, यी हुन् मुख्य एजेन्डा

1.8K
SHARES
रास्वपाको केन्द्रीय समिति बैठक आज, यी हुन् मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिवेशको समिक्षा गरिनुका साथै रूपन्देही–३ मा तय भएको प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीको तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ ।

त्यस्तै, निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ् पिरियड’ व्यवस्थामाथि संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन, भिजिट भिसा दुरुपयोगसँग जोडिएका विषय र संसदमा रास्वपाका सांसदहरूको भूमिका पनि छलफलको केन्द्रमा रहनेछन् ।

बैठकमा पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव, केन्द्रीय विभागहरूको प्रगति विवरण र प्रदेश इन्चार्जहरूद्वारा तयार पारिएको प्रदेशगत रिपोर्ट पनि प्रस्तुत गरिनेछ ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, बैठकले हालैको सचिवालय बैठकका निर्णयहरू अनुमोदन गर्नेछ भने अघिल्लोपटक केन्द्रीय समिति सदस्य रहेका व्यक्तिहरूलाई पुनः जिम्मेवारी दिने सम्बन्धमा पनि निर्णय लिइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP