मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीरगञ्जमा हैजा नियन्त्रणका लागि खानेपानी परीक्षण र शुद्धीकरण सुरु

2K
SHARES
वीरगञ्जमा हैजा नियन्त्रणका लागि खानेपानी परीक्षण र शुद्धीकरण सुरु

वीरगञ्ज । हैजाको प्रकोप बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी परीक्षण तथा शुद्धीकरणको काम औपचारिक रूपमा सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोली मोबाइल भ्यानसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

मन्त्री प्रदीप यादव स्वयं निरीक्षणका लागि खटिएका छन् । उनले बिहानैदेखि प्राविधिक टोलीले विभिन्न वडामा पानी परीक्षण र शुद्धीकरणको काम प्रारम्भ गरेको जानकारी दिए ।

वीरगञ्जका विभिन्न टोल तथा वडामा हैजा फैलिएको छ । शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएपछि शनिबार लक्षण देखिएका दुई जनाको मृत्यु भएको थियो । हालसम्म ४२ जनामा हैजा पुष्टि भएको र १२९ जना उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताएका छन् ।

संक्रमण फैलिएको वडा नं. ११, १२, १३ र १६ मा विशेष रूपमा मोबाइल भ्यान परिचालन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार आवश्यक थप उपकरण र सामग्री आजै पठाइनेछ।

संक्रमण तीव्र बनेपछि वीरगञ्ज महानगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्था अस्थायी रूपमा बन्द गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP