मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलुचिस्तानमा बम विस्फोट, मेजरसहित तीन पाकिस्तानी सैनिकको ज्यान गयो

2.7K
SHARES
बलुचिस्तानमा बम विस्फोट, मेजरसहित तीन पाकिस्तानी सैनिकको ज्यान गयो

इस्लामाबाद । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा मंगलबार राति भएको एक शक्तिशाली बम विस्फोटमा परी सेनाका मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु भएको छ ।

मस्तुङ जिल्लाको कुर्दगाप तहसीलस्थित काली पसन्द खान नजिकै गस्तीमा रहेको सैन्य गाडी लक्षित विस्फोट भएको हो । घटनामा अन्य तीन सैनिक घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

बीबीसी उर्दुलाई जानकारी दिँदै एक वरिष्ठ प्रशासनिक अधिकारीले भने, “अज्ञात व्यक्तिहरुले सडक छेउमा विस्फोटक राखेका थिए, जुन सैन्य गाडी नजिक आउँदा विस्फोट भयो ।”

घटनामा ज्यान गुमाउनेमध्ये एक पाकिस्तानी सेनाका मेजर थिए भने दुई अन्य सैनिक पनि घटनास्थलमै मारिएका थिए ।

पाकिस्तानी सेनाको सार्वजनिक सम्बन्ध शाखा आईएसपीआरले घटनाबारे औपचारिक विज्ञप्ति भने अझैसम्म जारी गरेको छैन ।

यसैबीच, पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले हमलाको जिम्मेवारी लिएको दाबी गरेको छ । समूहले विगतमा पनि बलुचिस्तान क्षेत्रमा राज्यविरुद्ध यस्ता आक्रमण गर्दै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP