मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालविवाह अन्त्य र आप्रवासन नीतिसहित आवश्यक सेवा हडताल निषेध गर्ने निर्णय

1.7K
SHARES
बालविवाह अन्त्य र आप्रवासन नीतिसहित आवश्यक सेवा हडताल निषेध गर्ने निर्णय

काठमाडौं । सरकारले बालविवाह अन्त्य, श्रम आप्रवासन र आवश्यक सेवासम्बन्धी महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ । हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विस्तृत जानकारी दिएका हुन् ।

उनका अनुसार सरकारले ‘राष्ट्रिय बालविवाह अन्त्य रणनीति तथा कार्ययोजना २०८२’ र ‘राष्ट्रिय श्रम तथा आप्रवासन नीति २०८२’ स्वीकृत गरेको छ । यी नीतिहरू बालविवाह नियन्त्रण र सुरक्षित आप्रवासन व्यवस्थापनमा मार्गनिर्देशक हुने विश्वास लिइएको छ ।

साथै, आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार अत्यावश्यक सेवामा कुनै पनि किसिमको हडताल गर्न नपाइने व्यवस्था लागू गर्दै सो सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, एमसीए–नेपालअन्तर्गत सञ्चालित आयोजनामा संलग्न कम्पनीहरूलाई आर्थिक वर्ष २०८२र८३ का लागि आयकर छुट दिने र एमसीसी फन्डिङमा कर छुट कार्यान्वयन सम्बन्धी पत्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार १२:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP