मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकैदिन १९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

2.5K
SHARES
एकैदिन १९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यो दर १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँ बढेर २ हजार २८० रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदी महँगिएको व्यवसायीहरू बताउँछन् । आगामी दिनमा पनि मूल्यमा चञ्चलता देखिने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP