मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरियाको भाषा परीक्षाका लागि आवेदन साउन २६ देखि खुल्ने

1.9K
SHARES
कोरियाको भाषा परीक्षाका लागि आवेदन साउन २६ देखि खुल्ने

काठमाडौं । दक्षिण कोरियामा रोजगारीको अवसर खोज्ने नेपाली युवाका लागि भाषा परीक्षाको आवेदन प्रक्रिया साउन २६ गतेदेखि खुल्ने भएको छ ।

कोरियाली मानव संसाधन विकास सेवा (HRD Korea) ले आफ्नो आधिकारिक वेबसाइटमार्फत भाषा परीक्षा (EPS-TOPIK) को आवेदन सम्बन्धी जानकारी सार्वजनिक गरेको हो । जानकारी अनुसार आवेदन दिने म्याद साउन २६ गतेदेखि साउन ३१ गतेसम्म तोकिएको छ । आवेदन अनलाइन माध्यमबाट गर्न सकिनेछ ।

दक्षिण कोरियाले ‘रोजगारी अनुमति प्रणाली (Employment Permit System – EPS)’ मार्फत विभिन्न मुलुकहरूबाट वैधानिक रूपमा कामदार भित्र्याउँदै आएको छ। नेपालसँग सन् २००७ मा सम्झौता (एमओयू) भएपछि सन् २००८ बाट नेपाली कामदार कोरियामा पठाउन थालिएको हो । यस प्रणालीले हजारौं नेपाली युवालाई कोरियामा कृषि तथा निर्माणजस्ता क्षेत्रहरूमा रोजगारी दिलाएको छ।

भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको पहिलो चरण हो । आवेदन प्रक्रिया पूरा गरेपछि परीक्षा दिने समय, स्थान र थप प्रक्रियाबारे सूचनाहरू क्रमशः सार्वजनिक गरिने कोरियाली पक्षले जनाएको छ ।

कोरियामा काम गर्न इच्छुक युवाहरूका लागि यो अवसर महत्वपूर्ण मानिन्छ, किनभने ईपीएस अन्तर्गत पाउने तलब, सुविधा र श्रमिकको सुरक्षालाई व्यवस्थित गरिएको छ । सरकारका अनुसार पछिल्लो समय कोरियामा नेपाली कामदारको मागमा वृद्धि भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP