मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्यूयोर्कको म्यानह्याटनमा भीषण गोलीकाण्ड, प्रहरी अधिकृतसहित ४ जनाको ज्यान गयो

2.6K
SHARES
न्यूयोर्कको म्यानह्याटनमा भीषण गोलीकाण्ड, प्रहरी अधिकृतसहित ४ जनाको ज्यान गयो

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरको म्यानह्याटनस्थित मिडटाउन क्षेत्रमा सोमबार भएको भीषण गोलीकाण्डमा एक प्रहरी अधिकृत र तीन सर्वसाधारणको ज्यान गएको छ । गोली प्रहार गर्ने २७ वर्षीय युवकले अन्त्यमा आफूलाई पनि गोली हानेर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आक्रमणकारी लास भेगास निवासी थिए। उनी एमबीडब्ल्यू कारमा आएर ६३४ फिट अग्लो भवनमा छिरेका थिए, जहाँ नेशनल फुटबल लिग ९ल्ँी०, ब्ल्याकस्टोन लगायतका प्रतिष्ठित कम्पनीका कार्यालयहरू अवस्थित छन् ।

भवनभित्र प्रवेश गरेलगत्तै उनले अन्धाधुन्ध गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरूले बताएअनुसार उनी सिधै भवनको लबीमा गएर पहिले न्यूयोर्क पुलिस डिपार्टमेन्टका एक अधिकृतमाथि गोली प्रहार गरेका थिए । त्यसपछि उनले खम्बा पछाडि लुकेकी एक महिलालाई समेत निशाना बनाएका थिए ।

‘पेड डिटेल’ अन्तर्गत तैनाथ प्रहरी
घटनास्थलमा रहेका प्रहरीहरू पेड डिटेल अन्तर्गत खटिएका थिए । यो कार्यक्रममार्फत निजी कम्पनीहरूले सरकारी प्रहरीहरूलाई भाडामा लिएर सुरक्षा प्रदान गराउने गर्छन् । न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिसले यस्तै उद्देश्यले ती प्रहरीहरू तैनाथ गरिएको पुष्टि गरिन् ।

हतियार र पहिचान
प्रहरीले घटनास्थलबाट एम–फोर राइफल र रिभल्वर बरामद गरेका छन् । साथै, एमबीडब्ल्यू गाडीभित्र गोली र म्यागजिनहरू समेत भेटिएको छ । आक्रमणकारीसँग भेटिएको नेभाडा राज्यको ड्राइभिङ लाइसेन्सका आधारमा उनको पहिचान पुष्टि गरिएको छ ।

सामूहिक गोलीकाण्डको क्रम
गन भायोलेन्स आर्काइभका अनुसार यो घटना अमेरिका भित्र यसै वर्ष (२०२५) मा भएको २५४औँ सामूहिक गोलीकाण्ड हो । गोली प्रहारको स्पष्ट कारण भने हालसम्म खुल्न सकेको छैन ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत प्रारम्भिक विवरण सार्वजनिक गरिसकेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP