मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

द्रूतमार्गको खोकना विवाद समाधानतर्फ प्रधानमन्त्री ओलीको सक्रियता

2K
SHARES
द्रूतमार्गको खोकना विवाद समाधानतर्फ प्रधानमन्त्री ओलीको सक्रियता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं—तराई/मधेस द्रूतमार्गको सुरुवात स्थल खोकनासम्बन्धी विवाद समाधानका लागि कदम चालेका छन् ।

आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले द्रूतमार्ग निर्माणलाई अविलम्ब अघि बढाउने तयारीका साथ स्थानीय समुदायको चासो सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

द्रूतमार्गको प्रस्तावित प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ स्थित फुडोल क्षेत्र खोकना हो । तर यो स्थान नेवार समुदायको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको क्षेत्र मानिँदा स्थानीयले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले विगतका अध्ययन, सम्भावित वैकल्पिक मार्गहरू र स्थानीयको मागहरूबारे गम्भीर समीक्षाका आधारमा समाधान खोज्न जोड दिए । उनले भने, “राष्ट्रिय परियोजनाहरू दीर्घकालीन विवादमा फस्न नदिन, तर स्थानीय भावनालाई पनि बेवास्ता नगरी अगाडि बढाउनु पर्छ ।”

छलफलमा सहभागी उच्चस्तरीय टोली
उक्त छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल र सम्बन्धित मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

काठमाडौं—तराई/मधेस द्रूतमार्गलाई राष्ट्रिय गौरवको परियोजना मानिएको छ । यसको निर्माण कार्य नेपाली सेनाको जिम्मेवारीमा अघि बढिरहेको छ । परियोजनाको प्रारम्भिक खण्डमै विवाद उत्पन्न हुँदा त्यसले निर्माणमा ढिलाइ ल्याउने चिन्ता बढेको थियो ।

सरकारले अब स्थानीय समुदायको सरोकार र राष्ट्रिय हित दुवैलाई समेटेर कार्य अघि बढाउने संकेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार ०४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP