मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपद् जोखिम बढ्दै गएपछि पूर्वतयारी गर्न प्रचण्डको सरकारलाई आग्रह

2.4K
SHARES
विपद् जोखिम बढ्दै गएपछि पूर्वतयारी गर्न प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं । देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विपद् प्रतिकार्यमा तुरुन्त पहल गर्नुपर्ने बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम बढेको जनाएपछि सामाजिक सञ्जालमार्फत प्रचण्डले सरकार, जनसमुदाय र पार्टी कार्यकर्तालाई सतर्क रहन आह्वान गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशका विभिन्न क्षेत्रमा लगातारको वर्षाले गर्दा बाढी र पहिरोको सम्भावना बढेको छ। विशेषतः नदी किनारका बस्तीहरू, डुबानग्रस्त होचो भूभाग तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रका नागरिकहरू सतर्क रहनुहोला । स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना र निर्देशनको पालना गर्नुहोला ।’

प्रचण्डले सरकारलाई आवश्यक पूर्वतयारी र तत्कालीन प्रतिकार्यका लागि ठोस कदम चाल्न अनुरोध गरेका छन् ।

साथै उनले पार्टीका नेता, कार्यकर्ता र सम्पूर्ण तहका कमिटीहरूलाई विपद् व्यवस्थापनमा सक्रिय सहयोग पुर्‍याउन, सूचना प्रवाहलाई प्रभावकारी बनाउन र प्रभावित जनतालाई राहत तथा सुरक्षाका उपायमा खटिन पनि अपिल गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP