मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आलमको सफाइविरुद्ध सर्वोच्चमा पुनरावलोकन माग

2K
SHARES
आलमको सफाइविरुद्ध सर्वोच्चमा पुनरावलोकन माग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालतले दिएको सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दायर गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले वीरगन्जस्थित उच्च अदालतको फैसलाले न्याय नपुगेको भन्दै पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो । उक्त फैसला उच्च अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासबाट गरिएको थियो ।

उक्त मुद्दाका फैसलाकर्ता दुई न्यायाधीशविरुद्ध न्याय परिषदले अनुशासनहीनता र निर्णयप्रक्रियामा शंकास्पद कार्यशैली रहेको भन्दै छानबिन प्रक्रिया अघि बढाएको छ । यही पृष्ठभूमिमा महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन दायर गरेपछि मुद्दा थप पेचिलो बन्न पुगेको छ ।

सरकारको प्रमुख कानुनी निकायका रूपमा रहेको महान्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा आलमलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने दाबी गर्दै पुनः परीक्षणको माग गरेको हो ।

प्रचलन अनुसार तल्लो अदालतको विवादास्पद वा प्रश्न उठेको फैसलामाथि उच्च तहबाट फेरबदलको सम्भावना रहेको ठानिएमा उक्त मुद्दा सर्वोच्चमा लगिने गरिन्छ ।

जिउँदो मान्छेलाई इँटा भट्टामा जलाएर मारिएको गम्भीर अभियोगमा आलममाथि मुद्दा चलेको थियो । तर, उच्च अदालतका न्यायाधीशद्वयले उनलाई सफाइ दिएका थिए, जसको व्यापक आलोचना भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP