मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजै सिफारिस, निजै बढुवाः पञ्चेश्वरका अधिकृतको चाखलाग्दो निर्णय

2.9K
SHARES
निजै सिफारिस, निजै बढुवाः पञ्चेश्वरका अधिकृतको चाखलाग्दो निर्णय

बैतडी । पञ्चेश्वर गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाहले आफैंको सिफारिसमा आफैंलाई पदोन्नति गरेका छन् । सुदूरपश्चिम प्रदेशमा हालै कार्यान्वयनमा आएको स्थानीय सेवा ऐन, २०८१ को एक प्रावधानको प्रयोग गर्दै उनले आफूलाई सातौँ तहमा उक्लाएका हुन् ।

शाहले २०५३ सालको साउन २४ गते स्वास्थ्य सहायक (अहेव) पदबाट सरकारी सेवा यात्रा सुरु गरेका थिए । उनी हालसम्म छैटौँ तहको सहायक जनस्वास्थ्य अधिकृत पदमा कार्यरत थिए । तर स्थानीय सेवा ऐनको दफा ९ को उपदफा ४ लाई आधार मानी उनले पहिलो नियुक्ति मितिलाई गणनाको आधार बनाउँदै आफूलाई जनस्वास्थ्य अधिकृत पदमा पदोन्नति दिएका हुन् ।

पदोन्नति सम्बन्धी निर्णयमा शाहले २०५३ सालकै मितिबाट जेष्ठता कायम हुने स्पष्ट उल्लेख गरेका छन् । निजामती नियमावलीमा यसरी ‘आफैंले आफ्नै बढुवा गर्ने’ अभ्यास निकै दुर्लभ मानिन्छ, जसले गर्दा यो घटनाले हाल बैतडीका प्रशासनिक वृत्तमा मात्र होइन, सुदूरपश्चिमको कर्मचारीतन्त्रमा समेत तरंग ल्याएको छ ।

कर्मचारी वृत्तका कतिपयले यस निर्णयलाई हितको दुरुपयोगु भन्दै आलोचना गरिरहेका छन् भने केहीले ऐनमा रहेको अस्पष्टताले यस्ता निर्णयलाई कानुनी आश्रय दिन सक्ने देखाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP