मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको केन्द्रीय समिति बैठक आज सम्पन्न हुँदै, सभापति देउवाको समापन सम्बोधनमा निष्कर्ष सार्वजनिक हुने

2.4K
SHARES
कांग्रेसको केन्द्रीय समिति बैठक आज सम्पन्न हुँदै, सभापति देउवाको समापन सम्बोधनमा निष्कर्ष सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक अन्तिम चरणमा पुगेको छ । यही असार १६ गतेदेखि सुरु भएको बैठक आज (सोमबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा फेरि बस्दैछ, जसपश्चात सभापति शेरबहादुर देउवाको समापन सम्बोधनसहित बैठक टुंग्याइनेछ ।

बैठकको क्रममा आइतबारसम्म पार्टीका अधिकांश पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आ–आफ्नो विचार प्रस्तुत गरिसकेका छन् ।

आजको बैठकमा बाँकी प्रमुख पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । पार्टी स्रोतका अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ आज आफ्ना अन्तिम टिप्पणीसहित बैठकमा सम्बोधन गर्नेछन् ।

प्रस्तावहरू निर्णयका लागि प्रस्तुत हुँदै
बैठकका अन्तिम चरणमा नेतृत्वले प्रस्तुत गरेका राजनीतिक, सांगठानिक तथा समसामयिक प्रस्तावहरू निर्णयार्थ पेस गरिने तयारी भएको छ । देउवाको सम्बोधनपछि बैठकले ठोस निष्कर्षसहित आफ्नो कार्यसूचीलाई टुंगो लगाउने बताइएको छ ।

व्यापक सहभागिता
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिमा १६७ सदस्य रहने प्रावधान भए पनि सभापति देउवाका प्रतिस्पर्धी समेत समावेश भएकाले कार्यसमिति अहिले १६८ सदस्यीय छ ।

बैठकमा सहभागीमध्ये तीन जना आमन्त्रित केन्द्रीय सदस्य, सात प्रदेश सभापति र चार जना मन्त्रीहरू— रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र खमबहादुर गर्बुजाले पनि आ–आफ्ना धारणा प्रस्तुत गरिसकेका छन् ।

पार्टीभित्रको नीति, सरकारसँगको सम्बन्ध, भावी चुनावी तयारी तथा कार्यशैली सुधारका विषयमा व्यापक छलफल भएको भन्दै बैठकको निष्कर्षले संगठनलाई गति दिने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २३, सोमबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP