मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्लब विश्वकपः रियल म्याड्रिड र पिएसजी आमनेसामने, दुवै टिम सेमिफाइनलमा

2.9K
SHARES
क्लब विश्वकपः रियल म्याड्रिड र पिएसजी आमनेसामने, दुवै टिम सेमिफाइनलमा

काठमाडौं । फिफा क्लब विश्वकपको सेमिफाइनलमा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मन (पिएसजी) एकआपसमा भिड्ने भएका छन् । शनिबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा दुबै टोलीले प्रतिस्पर्धीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

रियल म्याड्रिडले बोरुसिया डर्टमन्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । खेलको १०औं मिनेटमा आडाए गुलरको क्रसलाई गोन्जालो गार्सियाले गोलमा परिणत गर्दै रियललाई अग्रता दिलाए । यो प्रतियोगितामा गार्सियाको चौथो गोल हो ।

२०औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डको पासमा फ्रान गार्सियाले गोल थप्दै रियलको अग्रता दोब्बर बनाए ।

तर, इन्जुरी समय निकै घटनापूर्ण रह्यो । म्याक्सिमिलियन बियरले डर्टमन्डको तर्फबाट पहिलो गोल फर्काए । जवाफमा रियलका तर्फबाट केलिएन एम्बाप्पेले तुरुन्तै गोल गर्दै स्कोर ३–१ बनाए ।

खेलको अन्तिम मिनेटमा डर्टमन्डले पेनाल्टी पायो, जब सेराउ गेरासीलाई तानेपछि डिन हुजेसनले रातो कार्ड पाए । त्यसपछि गेरासीले पेनाल्टीमार्फत गोल गरे, तर त्यो हार टार्न पर्याप्त भएन ।

उता, पिएसजीले बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । खेलको ७८औं मिनेटमा डिजायर डाउले पहिलो गोल गरे । उनी च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गर्दै चर्चा कमाएका थिए ।

खेलको उत्तरार्धमा पिएसजी संकटमा प¥यो, जब विलियम पाचो र लुकास हर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नौ खेलाडीमा सीमित भएको अवस्थामा पनि ओसुमान डेम्बेलेले इन्जुरी समयको छैठौँ मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे ।

अब सेमिफाइनलमा युरोपेली दुई दिग्गज क्लब रियल म्याड्रिड र पिएसजी आमनेसामने हुनेछन् । खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP