मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित, अब राष्ट्रिय सभातर्फ

2.7K
SHARES
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित, अब राष्ट्रिय सभातर्फ

काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट पारित भएको छ ।

विधेयक पारित हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिएका थिए । उनले यो विधेयक नेपालको संविधान २०७२ अनुसार ल्याइएको स्पष्ट पारे ।

मन्त्री गुप्ताका अनुसार विधेयक कानुनका रूपमा कार्यान्वयनमा आएपछि प्रशासनिक संघीयताको कार्यान्वयनमा सहजता आउने विश्वास गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकमा कुनै संशोधन नगरि त्यसैका आधारमा पारित गरिएको हो । यसअनुसार संघीय निजामती सेवाबाट अवकाश लिएका कर्मचारीहरूले संवैधानिक निकायमा नियुक्ति पाउन कम्तीमा दुई वर्षको अवधी कुर्नुपर्ने व्यवस्था रहनेछ ।

प्रतिनिधिसभाबाट पारित यो विधेयक अब छलफल तथा पारितिका लागि राष्ट्रिय सभामा पठाइनेछ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १५, आईतवार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP