मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख रानामगर हटाउने प्रयासको विरोधमा माओवादी केन्द्रको बैठक

2.5K
SHARES
उपसभामुख रानामगर हटाउने प्रयासको विरोधमा माओवादी केन्द्रको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रयास बदनियतपूर्ण भएको ठहर गर्दै त्यसको कडा विरोध गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँंडामा बसेको पदाधिकारी बैठकले सरकारको कदम अस्वाभाविक र जनताको हितविपरीत भएको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले सरकार अधिनायकतर्फ उन्मुख भएको र विभिन्न विधेयकमा अनैतिक हस्तक्षेप गरिरहेको आरोप लगाए ।

सापकोटाले बताएअनुसार, भूमि विधेयकमा आफ्नो मान्छेलाई लाभ दिन खोज्ने प्रयास र शिक्षा विधेयकमा प्रभाव पार्ने गतिविधि सरकारको गलत नीति प्रमाणित गर्दैछ । उनका अनुसार यसले व्यवस्था विरोधीलाई अवसर प्रदान गर्ने अवस्था सिर्जना गरेको छ ।

बैठकमा स्थायी कमिटी निर्णयको कार्यान्वयन, कार्य विभाजन लगायतका विषयमा छलफल गर्ने तयारी नपुगेकाले आगामी बुधबार हुने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्ने तय भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP