मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

घरायसी विवादपछि श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फाले, श्रीमतीको मृत्यु

2.4K
SHARES
घरायसी विवादपछि श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फाले, श्रीमतीको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिकामा एक दम्पतीले घरायसी विवादपछि भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

राप्ती–४ निवासी ४२ वर्षीया कुमारी प्रजाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार घरेलु विवादले चर्किएपछि कुमारीले घरनजिकै रहेको खहरे खोलातर्फको भिरबाट हाम फालेकी थिइन् ।

उनको हामफालेलगत्तै श्रीमान् लीलाबहादुर प्रजाले पनि सोही स्थानबाट हाम फालेका थिए । गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार ०४:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP