मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

1.2K
SHARES
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेस–एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्रीहरूलाई हटाउँदै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

पुनर्गठनअघि कोशी मन्त्रिपरिषद्‌मा रहेका एमालेका मन्त्रीहरू रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन), राम राना (आर्थिक मामिला), एकराज कार्की (खानेपानी), पाँचकर्ण राई (सामाजिक विकास) र सिर्जना राई (राज्यमन्त्री) लाई पदमुक्त गरिएको छ ।

त्यस्तै कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरू भूपेन्द्र राई (भौतिक पूर्वाधार तथा स्वास्थ्य), सदानन्द मण्डल (पर्यटन), खगेनसिं हाङगाम (कृषि) र भूमिप्रसाद राजवंशी (भौतिक पूर्वाधार राज्यमन्त्री) लाई हटाइएको छ । उनीहरू २०८१ भदौ २८ गते मन्त्री बनेका थिए । एक वर्ष पूरा भएपछि फिर्ता गर्ने गृहकार्य अनुसार उनीहरू हटाइएका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेबाट चार मन्त्री र एक राज्यमन्त्री बनाएका छन् । विदुर लिङथेप (आर्थिक मामिला), चिन्तन (तिलचन) पाठक (खानेपानी), इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानुन) रामकुमार महतो (सामाजिक विकास) र उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

त्यसैगरी कांग्रेसबाट प्रदीप सुनुवार (भौतिक पूर्वाधार), भीम पराजुली (पर्यटन, वन तथा वातावरण), मानबहादुर लिम्बु (स्वास्थ्य) र इस्राइल मन्सुरी (उद्योग, कृषि तथा सहकारी) लाई जिम्मेवारी तोकिएको छ । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

पुनर्गठनपछि नियुक्त भएका मन्त्रीहरूको कार्यकाल एक वर्षको हुनेछ ।

विपक्षी दलहरूले मन्त्रिपरिषद् पुनर्गठनलाई सत्ता साझेदार दलभित्रका असन्तुष्ट सांसदहरूलाई खुसी पार्ने प्रयास मात्र भनेका छन् । जनताको सेवा प्रवाहभन्दा सत्ता जोगाउन ध्यान केन्द्रित गरिएको उनीहरूको आरोप छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २२, मंगलवार १५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP