मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसीसी यू-१६ क्रिकेट: नेपालको शानदार प्रदर्शन, जापानलाई ९ विकेटले हरायो

1.9K
SHARES
एसीसी यू-१६ क्रिकेट: नेपालको शानदार प्रदर्शन, जापानलाई ९ विकेटले हरायो

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले प्रभावशाली जित निकाल्दै जापानलाई ९ विकेटले पराजित गरेको छ । बलिङ र ब्याटिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै नेपालले खेललाई एकतर्फी बनायो ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको जापानको सुरुवात नै कमजोर रह्यो । नेपाली बलरहरूको नियन्त्रणपूर्ण प्रदर्शनका कारण जापानी टोली ३४.३ ओभरमै ८० रनमा अलआउट भयो । नेपालको धारिलो बलिङका अगाडि जापानी ब्याट्सम्यान टिक्न सकेनन् ।

नेपालका लागि ब्याटिङमा प्रशिद्ध जैशी र शिवान्स बजगाईँ नायक बने । ८१ रनको सानो लक्ष्य पछ्याउन मैदानमा उत्रेको नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जैशीले उत्कृष्ट ३३ रन बनाए भने शिवान्सले अविजित रहँदै ३८ रनको योगदान दिए ।

नेपालले प्रतियोगितामा यो जितसँगै आफ्नो आत्मविश्वास बलियो बनाएको छ । युवा खेलाडीहरूको प्रदर्शनले टोलीको समग्र तयारी र रणनीति सफल भएको देखाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP