मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरामा अवैध सुनसहित दुई जना पक्राउ, १ करोड ३० लाखको गहना बरामद

4.6K
SHARES
पोखरामा अवैध सुनसहित दुई जना पक्राउ, १ करोड ३० लाखको गहना बरामद

पोखरा । झन्डै डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पन्जाब अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।

कास्की प्रहरीले दिएको जानकारीअनुसार उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । प्रहरीले उनीहरूलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइसकेको छ ।

पक्राउ परेकासँग ८२ तोला १६ लाल सुन बरामद गरिएको छ, जसको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, पोते, मंगलसूत्र, लकेट लगायतका गहना समावेश छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा कुलदिप सिंह र रामबहादुर बिकबीच फेसबुकमार्फत करिब तीन वर्षअघिदेखि सम्पर्क रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बेच्ने काम गर्दै आएका कुलदिप सिंहले नेपालमा पनि कारोबार विस्तार गर्ने योजना बनाएको अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट ल्याइएको गहना नेपालमा बिक्री गर्ने योजनासहित उनीहरू पोखरा आएका थिए । रामबहादुर बिकले उक्त सुनको बिक्रीपछि रकम बाँडफाँड हुने सर्तमा साथ दिएको बयान दिएका छन् ।

प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ७, शनिबार ०८:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP