मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुङ्गामा बस दुर्घटना, चार जना घाइते — चालक फरार

2.4K
SHARES
ओखलढुङ्गामा बस दुर्घटना, चार जना घाइते — चालक फरार

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–८, जरङ्गेमा आज दिउँसो एक यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट झरेको छ । दुर्घटनामा परी चार जना यात्रु घाइते भएका छन् भने बस चालक फरार रहेका छन् ।

काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ख ५५८१ नम्बरको बस दिउँसो १ बजेतिर अनियन्त्रित भई झण्डै ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये चम्पादेवी गाउँपालिका–३ की करिब ५० वर्षीया कुमारीमाया बुढाथोकी, मानेभन्ज्याङ गाउँपालिका–३ उबु निवासी सहचालक बिनोद अधिकारी, सिद्धिचरण नगरपालिका–८ सल्लेरीका २८ वर्षीय रोशन गिरी तथा सुनकोशी गाउँपालिका–१ बलखुका ४२ वर्षीय सहदेव गिरी रहेका छन् ।

दुर्घटनापछि स्थानीयको सहयोगमा तत्कालै घाइतेहरूको उद्धार गरी उपचारका लागि रमाइलो डाँडास्थित मेडिका पोलिक्लिनिक पुर्‍याइएको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल फरार चालकको खोजी र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ४, बुधबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP